प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल र समान बरामद

२०८१-११-०१

  • A
  • A-
  • A+
Share

रुपन्देही, शुद्धोधन गाउँपालिका वडा न. ४ हाटबजारलाइन स्थित प्रहरी गस्ती टोलीले लु २२ प ५५११ नं. र लु २६ प ३२४७ नं. को मोटरसइकलमा अबैध रुपमा ल्याएको रेन कोट ५०० पिस, पातलो सल १२० पिस , कुर्था सुरुवाल १४८ जोर , बच्चाका टिसर्ट  १०५ पिस, मोजा ५० जोर , सुतिका बच्चाका कट्टु १५० पिस गरी जम्मा अन्दाजी रु. १,५८,८००।-( एक लाख अन्ठाउन्न हजार आठसय) बराबरको सामान र २ वटा मोटरसाइकल रु. १,००,०००।- (एक लाख) गरी जम्मा रु. २,५८००, ८०० ( दुईलाख अन्ठाउन्न हजार आठ सय ) बराबरको सामान फेला पारी  मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा आबश्यक कारबाहिको  लागी भन्सार कार्यालय बेलहिया पठाईएको  छ । मानिस नियन्त्रणमा नभएकोले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।