प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना १ जनाको मृत्यु १ जना घाईते

२०८१-११-०२

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका १२ आवारोड स्थित सिद्धार्थ राजमार्गमा लु ६१ प ६९९० नं. को मोटरसाईकलले पैदल यात्री  जिल्ला गुल्मी, शान्तिपुर घर भई विगत ४० बर्षदेखी भैरहवा एरीयामा बस्ने बर्ष ४५ को खेम बहादुर गुरुङलाई  ठक्कर दिँदा मृत्यु भएको  हो ।  दुर्घटनामा गम्भीर घाइते गुरुङको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । मोटरसाईलक चालक जिल्ला स्याङजा भिरकोट नगरपालिका ५ घर भई हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत प्रहरी कर्मचारी हुन ।  मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई यस दुर्घटना सम्बन्धमा थप अनुसन्धाम भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।