प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना १ जनाको मृत्यु १ जना घाईते

२०८१-११-०२

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका १२ आवारोड स्थित सिद्धार्थ राजमार्गमा लु ६१ प ६९९० नं. को मोटरसाईकलले पैदल यात्री  जिल्ला गुल्मी, शान्तिपुर घर भई विगत ४० बर्षदेखी भैरहवा एरीयामा बस्ने बर्ष ४५ को खेम बहादुर गुरुङलाई  ठक्कर दिँदा मृत्यु भएको  हो ।  दुर्घटनामा गम्भीर घाइते गुरुङको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । मोटरसाईलक चालक जिल्ला स्याङजा भिरकोट नगरपालिका ५ घर भई हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत प्रहरी कर्मचारी हुन ।  मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई यस दुर्घटना सम्बन्धमा थप अनुसन्धाम भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।