भरूवा बन्दुक बरामद
२०८१-११-०४
- A
- A-
- A+
तुलसीपुर उप-महानगरपालिका-४ मुलकोट बस्ने ४५ वर्षीय
भुप बहादुर पुनको घरबाट १ नाले भरूवा बन्दुक २ थान, बारूद करिब २ सय ५०
ग्राम, सिसाको गोली २४ थान, फलामको ब्यारीङ १४ थान र गोली बनाउन प्रयोग गरिने सिसा
करिब ३ किलोग्राम शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट गोठिखोला र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले भुप बहादुरको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार भुप बहादुरको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।