प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक बरामद

२०८१-११-०४

  • A
  • A-
  • A+
Share

तुलसीपुर उप-महानगरपालिका-४ मुलकोट बस्ने ४५ वर्षीय भुप बहादुर पुनको घरबाट १ नाले भरूवा बन्दुक २ थान, बारूद करिब २ सय ५० ग्राम, सिसाको गोली २४ थान, फलामको ब्यारीङ १४ थान र गोली बनाउन प्रयोग गरिने सिसा करिब ३ किलोग्राम शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

 अस्थायी प्रहरी पोष्ट गोठिखोला र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले भुप बहादुरको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार भुप बहादुरको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।