प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-११-०४

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका १ बेलहिया मदरसा स्थित अबैध रुपमा भारतबाट भन्सार छलि ल्याई बेवारिसे अवस्थामा रहेको साडी- ४७ थान, रेडिमेड सुट- २४ सेट, सुट- ५ थान, र बिष्कुट,चाउचाउ,कुरकुरे,चिप्स लगायत विभिन्न किसिमका किराना सामानहरु ३ बोरा- ४ झोला गरी जम्मा मुल्य  रु. १,४०,०००।–(एक लाख चालिस हजार) बराबरको सामान बरामद गरेको छ । इलका प्रहरी कार्यालय बेलहिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ११ बजे  नियन्त्रणमा लिइ आवश्यक कारवाहिको लागी भन्सार कार्यालय बेलहिया पठाएको हो । उक्त मानिस नियन्त्रणमा नरहेकोले प्रहरीले यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरी रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।