प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-११-०४

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका १ बेलहिया मदरसा स्थित अबैध रुपमा भारतबाट भन्सार छलि ल्याई बेवारिसे अवस्थामा रहेको साडी- ४७ थान, रेडिमेड सुट- २४ सेट, सुट- ५ थान, र बिष्कुट,चाउचाउ,कुरकुरे,चिप्स लगायत विभिन्न किसिमका किराना सामानहरु ३ बोरा- ४ झोला गरी जम्मा मुल्य  रु. १,४०,०००।–(एक लाख चालिस हजार) बराबरको सामान बरामद गरेको छ । इलका प्रहरी कार्यालय बेलहिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ११ बजे  नियन्त्रणमा लिइ आवश्यक कारवाहिको लागी भन्सार कार्यालय बेलहिया पठाएको हो । उक्त मानिस नियन्त्रणमा नरहेकोले प्रहरीले यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरी रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।