प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८१-११-०५

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका-५ रझेना बस्ने बर्ष २६ को सुवास चमार ले लागूऔषधको बेचबिखन गर्ने भन्ने गोप्य सुचनाको आधारमा मिती २०८१।११।०४ गते प्रहरी बिट रझेना बाँकेबाट ५ जनाको प्रहरी टोली खटिई गई निज सहित जिल्ला सुर्खेत बिरेन्द्रनगर  नगरपालिका -९ घर भएकी बर्ष २४ की जस्मिन थापा समेत लाई नियन्त्रणमा लिई  चेकजाँच गर्दा सुवास चमार ले  लगाएको खैरो कलरको अगाडीको गोजीमा कालो प्लास्टिक मा  लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने  धुलो पदार्थ प्लास्टिक सहित तौल गर्दा ४१० मिलि ग्राम र प्लास्टिक हटाई तौल गर्दा १४० मिलि ग्राम सहित फेला पारी दुबै जनालाई आवश्यक कारवाही को लागी इलाका प्रहरी कर्यालय कोहलपुर बाँकेमा पठाईएको छ । साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको  छ । 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।