प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८१-११-०५

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका-५ रझेना बस्ने बर्ष २६ को सुवास चमार ले लागूऔषधको बेचबिखन गर्ने भन्ने गोप्य सुचनाको आधारमा मिती २०८१।११।०४ गते प्रहरी बिट रझेना बाँकेबाट ५ जनाको प्रहरी टोली खटिई गई निज सहित जिल्ला सुर्खेत बिरेन्द्रनगर  नगरपालिका -९ घर भएकी बर्ष २४ की जस्मिन थापा समेत लाई नियन्त्रणमा लिई  चेकजाँच गर्दा सुवास चमार ले  लगाएको खैरो कलरको अगाडीको गोजीमा कालो प्लास्टिक मा  लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने  धुलो पदार्थ प्लास्टिक सहित तौल गर्दा ४१० मिलि ग्राम र प्लास्टिक हटाई तौल गर्दा १४० मिलि ग्राम सहित फेला पारी दुबै जनालाई आवश्यक कारवाही को लागी इलाका प्रहरी कर्यालय कोहलपुर बाँकेमा पठाईएको छ । साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको  छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।