प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-११-०५

  • A
  • A-
  • A+
Share

बर्दिया, बाँसगढी नगरपालिका-५  बाँसगढी बजार  स्थितमा मिती २०८१।११।०४।गते इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले कोहलपुर देखि  धनगडी तर्फ  जाँदै  गरेको सु प प्र ०१-००१ ख ३०९५ नम्बर को ट्रकलाई रोकी चेक जाँच गर्ने  क्रममा उक्त ट्रकको क्याबिनमा लुकाइ छिपाइ राखेको बिल नभएको चिनी १५० के.जी. अन्दाजी मूल्य रु.९,७५०।-, सन गोल्ड तेल  १ लीटर को ६४ पोका अन्दाजी मूल्य रु.१२,८००।-, सन गोल्ड तेल आधा लिटर को १७० पोका अन्दाजी मूल्य रु.१७,०००।– र पास्ता २० के.जी. अन्दाजी मूल्य रू.१,६००।– गरी जम्मा मुल्य रु ४१,१५०।– बराबरको समान बरामद गरी गाडी गन्तब्य स्थान तर्फ छाडीएको छ । साथै यस सम्बन्धमा थप अनुसानधान भइरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।