प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-११-०५

  • A
  • A-
  • A+
Share

बर्दिया, बाँसगढी नगरपालिका-५  बाँसगढी बजार  स्थितमा मिती २०८१।११।०४।गते इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले कोहलपुर देखि  धनगडी तर्फ  जाँदै  गरेको सु प प्र ०१-००१ ख ३०९५ नम्बर को ट्रकलाई रोकी चेक जाँच गर्ने  क्रममा उक्त ट्रकको क्याबिनमा लुकाइ छिपाइ राखेको बिल नभएको चिनी १५० के.जी. अन्दाजी मूल्य रु.९,७५०।-, सन गोल्ड तेल  १ लीटर को ६४ पोका अन्दाजी मूल्य रु.१२,८००।-, सन गोल्ड तेल आधा लिटर को १७० पोका अन्दाजी मूल्य रु.१७,०००।– र पास्ता २० के.जी. अन्दाजी मूल्य रू.१,६००।– गरी जम्मा मुल्य रु ४१,१५०।– बराबरको समान बरामद गरी गाडी गन्तब्य स्थान तर्फ छाडीएको छ । साथै यस सम्बन्धमा थप अनुसानधान भइरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।