प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध विदेशी मुद्दा बरामद

२०८१-११-०६

  • A
  • A-
  • A+
Share

मिति २०८१।११।०४ गते अन्दाजी ११:३० बजेको समयमा श्री गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी टोलीले  श्रीएयरको उडान मार्फत भैरहवादेखि काठमाण्डौ तर्फ जान लागेका देश भारत धीरज सोलिटर, लिंकिंग रोड, चिंचोली बंदर, मालाड वेस्ट डेली मुंबई, महाराष्ट्र, बस्ने बर्ष ३६ को राहुल चतुर्वेदीको साथबाट ९,२४,७००। भारतिय रुपैयाँ १००० US Doller र ९६० United Arab Emirates dirham विदेशी मुद्रा बरामद गरी निज राहुल चतुर्वेदी समेतलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा पठाइएको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।