प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट नगद र धनमाल जलेर नष्ट

२०८१-११-०८

  • A
  • A-
  • A+
Share

रोल्पा गंगादेव गाँउपालिका वडा न.२ पुर्ण गाँउ बस्ने बर्ष अन्दाजी ७१ की मन कुमारी परियारको १ तले ढुङ्गा,माटोले बनेको खरको छाना भएको घरमा बुधबार अन्दाजी १५:५० बजे आगलागी भएको हो । इलाका प्रहरी कार्यालय जिनावाङ, रोल्पाबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा  आगो नियन्त्रणमा आएको हो ।  उक्त आगलागीबाट मानविय र चौपाय क्षती नभएको तर घर भित्र रहेको अन्पात , भाडा वर्तन , लत्ताकपडा , कपडा सिलाउने मेसिन, मिटर बक्स र नगद रु. १०,००। ( दश हजार ) गरी जम्मा ३,५०,०००। ( तिन लाख पचास हजार ) बराबरको क्षति भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।