प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध समान बरामद

२०८१-११-०९

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उप-महानगरपालिका १६ भन्सार चोक स्थित इलाका प्रहरी कार्यालय जयसपुर, बाँकेबाट खटिएको  गस्ति टोली र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी बेबारिसे अबस्थामा कुर्ता सुरुवाल १०६ पिस सामान फेला पारी बरामद गरेको छ । उक्त समानको  अन्दाजी  मुल्य रु.१,१९,०००।–(एकलाख उन्नाईस हजार) बराबरको रहेको छ । यस सम्बन्धमा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको हो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।