प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध समान बरामद

२०८१-११-०९

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उप-महानगरपालिका १६ भन्सार चोक स्थित इलाका प्रहरी कार्यालय जयसपुर, बाँकेबाट खटिएको  गस्ति टोली र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी बेबारिसे अबस्थामा कुर्ता सुरुवाल १०६ पिस सामान फेला पारी बरामद गरेको छ । उक्त समानको  अन्दाजी  मुल्य रु.१,१९,०००।–(एकलाख उन्नाईस हजार) बराबरको रहेको छ । यस सम्बन्धमा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको हो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।