अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८१-११-०९
- A
- A-
- A+
दाङ, लमही नगरपालिका-५
रातोडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम
सहित सोही ठाउँ बस्ने घोराही उपमहानगरपालिका-१७ घर भएका २७ वर्षीय सुशिल घर्तीलाई बिहिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले
उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।