प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस सहित कार र विभिन्न समान बरामद

२०८१-११-११

  • A
  • A-
  • A+
Share

कपिलबस्तु, कृष्णनगर नगरपालिका २ लिङ्गेट स्थित प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउँदै गरेको UP 32 JY 5795 नं.को कार १ थान, विभिन्न समानहरू Laptop १ थान,  पुराना एनरोएड फोन ६ थान, आईफोन २ थान र किप्याड मोबाईल १२ थान गरि जम्मा २० थान, भारतिय सिमकार्डहरू ४५ थान, नेपाली सिमकार्डहरू २ थान, ATM कार्डहरू ४८ थान, भारतिय रु. ४४,१५० ।-(चौवालिस हजार एक सय पचास) सहित कार चालक जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका ८ बाणगंगा बस्ने बर्ष २६ को सुरज भण्डारी, सोही कारमा सवार ऐजन्न बस्ने बर्ष २६ को महेन्द्र परियार र देश भारत उत्तर प्रदेश जिल्ला लखनउ थाना पारामायापुरम शहर बस्ने बर्ष ३३ को अंकित मौर्यलाई शनिबार साझँ ६ बजे नियन्त्रणमा लिएको हो । उक्त कार र विभिन्न समानहरूको अन्दाजी जम्मा मुल्य रु. १८,४८,५५० (अठार लाख अट्चालिस हजार पाच सय पचास) बराबर रहेको छ ।  थप अनुसन्धानको लागी  तालुक इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तु पठाईएमा अनुसन्धान पश्चात नियन्त्रणमा लिईएका निजहरुलाई, कार र बरामद गरिएको विभिन्न समान सहित आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल रुपन्देही पठाईएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।