प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८१-११-११

  • A
  • A-
  • A+
Share

रुपन्देही कोटहीमाई गाउँपालिका ७ पर्सहवा बस्ने गणेश बानियाको गल्ला भण्डार,ब्राण्ड मिलमा बिजुलीको तार सट हुन गई अचानक आगोलागी भएको हो । इलाका प्रहरी कार्यालय माझगाँवा, रुपन्देहीबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो  । उक्त आगलागीबाट मानविय र चोपाय क्षेति नभएको तर  विभिन्न समान जली अन्दाजी मुल्य रु.४,३७,०००,।-(चार लाख सैँतिस हजार) बराबरको क्षेती भएको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।