प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८१-११-११

  • A
  • A-
  • A+
Share

रुपन्देही कोटहीमाई गाउँपालिका ७ पर्सहवा बस्ने गणेश बानियाको गल्ला भण्डार,ब्राण्ड मिलमा बिजुलीको तार सट हुन गई अचानक आगोलागी भएको हो । इलाका प्रहरी कार्यालय माझगाँवा, रुपन्देहीबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो  । उक्त आगलागीबाट मानविय र चोपाय क्षेति नभएको तर  विभिन्न समान जली अन्दाजी मुल्य रु.४,३७,०००,।-(चार लाख सैँतिस हजार) बराबरको क्षेती भएको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।