प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ई-रिक्सा सहित समान बरामद

२०८१-११-१२

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्लामण्डी स्थित वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देहीबाट खटिइको प्रहरी टोलीले भारत बाट अवैध रुपमा भन्सार  छली ल्याउदै गरेको  रा १ ह ४२३४ नं. को ई-रिक्सामा बदाम (दाना) २ बोरा अन्दाजी मुल्य रु १६,०००।-, मटर (दाना) ९ बोरा अन्दाजी मुल्य रु २१,६००।- र ई-रिक्साको मुल्य रु.२,००,०००।– गरी जम्मा अन्दाजी मुल्य रु. २,३७,६००।–(दुई लाख सैँतिस हजार छ सय) बराबरको बरामद गरेको हो । यस सम्बन्धमा मानिस नियन्त्रणमा नरहेको प्रहरी टोलीद्धारा आवश्यक अनुसन्धान भई रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।