प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ई-रिक्सा सहित समान बरामद

२०८१-११-१२

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्लामण्डी स्थित वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देहीबाट खटिइको प्रहरी टोलीले भारत बाट अवैध रुपमा भन्सार  छली ल्याउदै गरेको  रा १ ह ४२३४ नं. को ई-रिक्सामा बदाम (दाना) २ बोरा अन्दाजी मुल्य रु १६,०००।-, मटर (दाना) ९ बोरा अन्दाजी मुल्य रु २१,६००।- र ई-रिक्साको मुल्य रु.२,००,०००।– गरी जम्मा अन्दाजी मुल्य रु. २,३७,६००।–(दुई लाख सैँतिस हजार छ सय) बराबरको बरामद गरेको हो । यस सम्बन्धमा मानिस नियन्त्रणमा नरहेको प्रहरी टोलीद्धारा आवश्यक अनुसन्धान भई रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।