प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८१-११-१२

  • A
  • A-
  • A+
Share

दाङ, राप्ती गाउँपालिका ३ मसुरिया स्थित पुर्वपश्‍चिम राजमार्गमा लमही बाट भालुबाङ तर्फ आउदै गरेको रा ६ प ३८९७ नं.को मोटरसाईकले मिति २०८१।११।०८ गते दिउँसो २ बजे पैदल यात्री जिल्ला दाङ, राप्ती गाउँपालिका ३ मसुरिया बस्ने वर्ष ६४ को कहलु चौधरी लाई ठक्कर दिँदा मिति २०८१।११।११ गते दिउँसो ४ बजे मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका उनलाई जिल्ला दाङ राप्ती गाउँपालिका भालुबाङ अस्पताल भालुबाङ ल्याई उपचार भईरहेको थियो । थप उपचारको लागी आइतबार २ बजे  प्रादेशिक अस्पताल बुटवल, रुपन्देही रिफर गरिएको थियो । मोटरसाईकल चालक जिल्ला दाङ घोराही उप-महानगरपालिका १५ काठेकोल बस्ने वर्ष २० को महमद अफ्रोज धुनियालाफ प्रहरीले नियन्त्रणमा लिई यस दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।