प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८१-११-१२

  • A
  • A-
  • A+
Share

दाङ, राप्ती गाउँपालिका ३ मसुरिया स्थित पुर्वपश्‍चिम राजमार्गमा लमही बाट भालुबाङ तर्फ आउदै गरेको रा ६ प ३८९७ नं.को मोटरसाईकले मिति २०८१।११।०८ गते दिउँसो २ बजे पैदल यात्री जिल्ला दाङ, राप्ती गाउँपालिका ३ मसुरिया बस्ने वर्ष ६४ को कहलु चौधरी लाई ठक्कर दिँदा मिति २०८१।११।११ गते दिउँसो ४ बजे मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका उनलाई जिल्ला दाङ राप्ती गाउँपालिका भालुबाङ अस्पताल भालुबाङ ल्याई उपचार भईरहेको थियो । थप उपचारको लागी आइतबार २ बजे  प्रादेशिक अस्पताल बुटवल, रुपन्देही रिफर गरिएको थियो । मोटरसाईकल चालक जिल्ला दाङ घोराही उप-महानगरपालिका १५ काठेकोल बस्ने वर्ष २० को महमद अफ्रोज धुनियालाफ प्रहरीले नियन्त्रणमा लिई यस दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।