प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट घर र गोठ जलेर नष्ट

२०८१-११-१३

  • A
  • A-
  • A+
Share

गुल्मी, चन्द्रकोट गाउँपालिका ५ जोगिस्थान बस्ने बर्ष २९ की बँसन्ती कुँवरको ढुङगा माटोले बनेको खरले छाएको एक तले कच्ची गोठमा अचानक आगोलागी हुँदा गोठ पुर्ण रुपमा जली नष्ट भएको हो । सोही आगो तँही बस्ने बर्ष ४० की सिता कुँवरको ढुङगा माटोले बनेको खरले छाएको दुइ तले कच्चि घरमा आगो लागी हुँदा पुर्ण रुपमा जली नष्ट भएको हो । उक्त आगो लागी बाट  मानबिय तथा पशु चौपाय क्षती नभएको तर  घरमा भएको अन्न पात लता कपडा जली अन्दाजी रु.३,५०,०००।–( तिन लाख पचास हजार)  बराबरको क्षती भएको छ । सो आगो इलाका प्रहरी कार्यालय चन्द्रकोट, गुल्मीबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।  

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।