प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट घर र गोठ जलेर नष्ट

२०८१-११-१३

  • A
  • A-
  • A+
Share

गुल्मी, चन्द्रकोट गाउँपालिका ५ जोगिस्थान बस्ने बर्ष २९ की बँसन्ती कुँवरको ढुङगा माटोले बनेको खरले छाएको एक तले कच्ची गोठमा अचानक आगोलागी हुँदा गोठ पुर्ण रुपमा जली नष्ट भएको हो । सोही आगो तँही बस्ने बर्ष ४० की सिता कुँवरको ढुङगा माटोले बनेको खरले छाएको दुइ तले कच्चि घरमा आगो लागी हुँदा पुर्ण रुपमा जली नष्ट भएको हो । उक्त आगो लागी बाट  मानबिय तथा पशु चौपाय क्षती नभएको तर  घरमा भएको अन्न पात लता कपडा जली अन्दाजी रु.३,५०,०००।–( तिन लाख पचास हजार)  बराबरको क्षती भएको छ । सो आगो इलाका प्रहरी कार्यालय चन्द्रकोट, गुल्मीबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।