प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-११-१९

  • A
  • A-
  • A+
Share

रुपन्देही, लुम्बिनी सांकृतिक नगरपालिका १ आमापुल स्थित भारतबाट अबैध  रुपमा भन्सार छली चोरी निकाशी पैठारी गरी ल्याइएको महिलाले प्रयोग गर्ने चुन्नी १८६ पिस, कुर्था सुलवाल २५ पिस गरी जम्मा मुल्य रु.८२,०००।–(बयासी हजार) बराबरको सामान बेवारिसे  अवस्थामा देखी इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट खटिएको प्रहरी टोलीद्धारा नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय भैरहवा पठाइएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।