प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कपडा बरामद

२०८१-११-१९

  • A
  • A-
  • A+
Share

 रुपन्देही, देवदह नगरपालिका वडा नं. ५ खैरेनी स्थित पुर्व पश्चिम राजमार्ग सडक किनारामा भारतबाट भन्सार चोरी गरी ल्याएको बेवारिसे अवस्थामा रहेको ४०३ पिस लेडिज साडी प्रहरी चौकी खैरेनी, रुपन्देहीबाट खटिएको प्रहरी टोलीद्धारा बरामद गरिएको हो । सोही कपडाको अन्दाजी  मुल्य रु ८,०६,००० /-  (आठ लाख छ हजार ) बराबरको रहको छ ।  यस सम्बन्धमा आवश्यक कारवाहिको  लागी भन्सार कार्यालय भैरहवा पठाईएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।