प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नदिजन्य पदार्थ सहित टिप्पर नियन्त्रणमा

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

नवलपरासी, बर्दघाट नगरपालिका १३ नारायणचोक स्थितबाट अबैध रुपमा बालुवा लोड गरी ल्याउदै गरेको अवस्थामा लु २ ख ३५३४ , लु २ ख ५३०२, ना ८ ख १२४१ र लु २ ख ४४८७ नम्बरका ४ वटा  टिप्पर (हाईवा)हरु चालक सहित इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीद्धारा नियन्त्रण लिईएको छ । यस सम्बन्धमा आवश्यक कारवाहीको लागी थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।