प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न समान सहित मानिस नियन्त्रणमा

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

रुपन्देही, मायादेवी गाउँपालिका ५ सेमरहना स्थित भारतबाट अबैध रुपमा भन्सार छलि लु ४ प ३०४१,र लु २० प १२७७ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको भेली ८० के.जि, चिनि ५० के.जि, सोयाबिन तेल ८० पोका, छेना पाउडर २५ के.जि., ब्रोईलर कुखुरा ४० पिस (अन्दाजी ८०के.जि) सहित सोही मोटरसाईक चालक २ जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय  बेथरीबाट खटिएको  संयुक्त प्रहरी टोलिले  बरामद गरी नियन्त्रणमा लिईएको हो । उक्त मोटरसाईकलको मुल्य रु.१,०००००।– गरी जम्मा मुल्य रु. १,३९,५५०।–(एक लाख उन्नतिस हजार पाँच सय पचास) बराबरको रहको छ । यस सम्बन्धमा आवश्यक कारवाहीको लागी थप अनुसन्धान भईरहको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।