प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साडी सहित मानिस नियन्त्रणमा

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका १ बेलहिया स्थित डण्डापुल नजिकै भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको साडी ९८ थान सहित  जिल्ला धनुषा कमला नगरपालका वडा नं.८ बस्ने बर्ष ३५ को प्रमोद महरालाई इलाका प्रहरी कार्यालय बेलहिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो नियन्त्रणमा लिईएको हो । उक्त साडीको अन्दाजी मुल्य रु, ,९०,०००|- (चार  लाख नब्बे  हजार) बराबर रहेको छ । यस सम्बन्धमा आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।