प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १ जना पक्राउ

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

रूपन्देही, तिलोत्तमा नगरपालिका ४ दश नम्बर चोकबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने ३ ग्राम २५० मिलिग्राम सहित सोही नगरपालिका ६ बस्ने बर्ष ३१ को सागर पोखरेललाई सोमबार साँझ प्रहरीले प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल र लागु औषध नियन्त्रण ब्युरो शाखा भैरहवा, रूपन्देहीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले  लु १२ प ९७२० नम्वरको स्कुटरलाई संका लागि रोकी चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसधान भईरहेको छ 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।