आगलागीबाट घर तथा धनमाल जलेर नष्ट
२०८१-११-२१
- A
- A-
- A+
कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ लखौरा बस्ने ज्ञानी कुर्मी र भगवानदिन कुर्मीको भान्सा घर तथा गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ४ लाख ७७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।