प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चल्ला बरामद

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

नवलपरासी, सरावल गाउँपालिका १ हरकट्टा पुल छेउमा २ वटा मोटरसाईकलमा ४६ कार्टुन अन्दाजी ६२५६ पिस चल्लाहरु इलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । उक्त चल्लाहरूको मुल्य रु. ६,२५,६००।– (छ लाख पच्चिस हजार छ सय) बराबर रहेको छ । यस सम्बन्धमा मोटरसाईकल सहित चालच परार रहेकोले थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।