नगद र तास सहित मानिस नियन्त्रणमा
२०८१-११-२२
- A
- A-
- A+
दाङ, तुलसीपुर उपमहानगरपालिका-९ रामनगर बस्ने कमल बिक (बगालेको) घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय अमर रेउले समेत ११ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १६ हजार ८ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।