सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८१-११-२२
- A
- A-
- A+
रूपन्देही, तिलोत्तमा नगरपालिका-१ जनसेवा चोकस्थित सडकमा लु.५६ प १९६१ नम्बरको मोटरसाइकल र बा.२० च १७५४ नम्बरको कार एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-३ ट्राफिक चोक बस्ने गुल्मी रूरूक्षेत्र गाउँपालिका-३ थोर्गा घर भएका १९ वर्षीय रोशन परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।