सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८१-११-२६
- A
- A-
- A+
रूपन्देही, रोहिणी गाउँपालिका-३
परासीझुंगास्थित सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु.९२ प ८२४७ नम्बरको मोटरसाइकल
आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका-४ छपिया बस्ने ५०
वर्षीय रामअधारे रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल
भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार
भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।