आगलागीबाट धनमाल जलेर नष्ट
२०८१-११-२७
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-१ घर भएका ५० वर्षीय गोकर्ण राज आचार्यको जनसेवा रेष्टुरेण्टमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।