प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हात्तिको आक्रमणबाट मानिस मृत्यु

२०८१-११-२९

  • A
  • A-
  • A+
Share

बर्दिया, ठाकुरबाबा नगरपालिका २ बलाति बस्ने बर्ष अन्दाजी ६० को बलिराम थारुले आफ्नै घर नजिकै रहेको बारिमा जंगली हात्ति आएको र उक्त हात्ति धपाउने क्रममा टाउकोमा कुल्चि बुधबार साँझ घटना स्थलमानै मृत्यु भएको छ ।  स्थानियले खबर गरे पश्चात इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउ, बर्दियाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धानको लागि बर्दिया राष्टिय निकुञ्जको टोलीलाई जानकारी गराईएको हो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।