प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित ३ जना पक्राउ

२०८१-११-२९

  • A
  • A-
  • A+
Share

बर्दिया, बाँसगडी  नगरपालिका १ चेपाङ बजार बाट २५० मिली ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा जिल्ला सुर्खेत गुर्वागोट नगपालिका ९ दमार बस्ने वर्ष २० को गणेश वादी सोही ठाउँ बस्ने बस्ने वर्ष २४ को दिलिप वादी वर्ष २५ को धुर्व वादी रहेका छन । प्रहरी चौकी चेपाङ, बर्दियादेखि खटिएको प्रहरी टोलीले शंका लागी रत्न राजमार्ग सड्क खण्डमा नेपालगंज देखी सुर्खेत तर्फ जादै गरेको गाडी चेकजाँच गर्ने क्रममा फेला पारी प्रकाउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।