प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित २ जना पक्राउ

२०८१-१२-०२

  • A
  • A-
  • A+
Share

बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१ बस्ने २० वर्षीय बिजय जंग शाही र सोही नगरपालिका-२ बस्ने ३० वर्षीय लोक बहादुर सोमे मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-२८

बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।