प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट बाकिकाको मृत्यु

२०८१-१२-०३

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उप-महानगरपालिका ९ गौरीशंकर टोल स्थित भित्रि सडक खण्डमा गौरीशंकर टोल देखी अटो भिलेज टोल तर्फ जाँदै गरेको रा १ त ३२३९ नं. ट्याक्टरले पैदल यात्री जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई हाल जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका ९ गौरीशंकर टोलमा बस्ने बर्ष ९ की दिपसिखा वलीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । सवारी चालक परार रहेकोले ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई यस दुर्घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।