प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट बाकिकाको मृत्यु

२०८१-१२-०३

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उप-महानगरपालिका ९ गौरीशंकर टोल स्थित भित्रि सडक खण्डमा गौरीशंकर टोल देखी अटो भिलेज टोल तर्फ जाँदै गरेको रा १ त ३२३९ नं. ट्याक्टरले पैदल यात्री जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई हाल जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका ९ गौरीशंकर टोलमा बस्ने बर्ष ९ की दिपसिखा वलीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । सवारी चालक परार रहेकोले ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई यस दुर्घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।