आगलागीबाट घर र धनमाल जलेर नष्ट
२०८१-१२-०३
- A
- A-
- A+
रोल्पा, सुनिल स्मृति गाउँपालिका-७ सस्पाधारा बस्ने ३९ वर्षीय लोक बहादुर पुनको घर र सोही ठाउँ बस्ने ४० वर्षीय हरि आलेको घरमा शनिबार दिउँसो आगलागी हुँदा दुवै जनाको गरी करिब १८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।