प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध गाँजा सहित १ जना पक्राउ

२०८१-१२-०५

  • A
  • A-
  • A+
Share

रूपन्देही, सिद्धार्थनगर नगरपालिका स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ शुद्ध तौल ७ किलोग्रा ५०० ग्राम सहित सोमबार दिउँसो Thai Air Asia को उडान मार्फत थाइल्याण्को बैङ्ककबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आएकी (पासपोर्ट नं. X5250926) मुम्बई महाराष्ट्र ठेगाना भएकी महिला बर्ष अन्दाजी ४५ कि गुलनाज बैग (Gulnaz Baig) लाई  प्रहरीले प्रकाउ गरेको छ ।  उक्त स्थानमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ सहित उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।