प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागी बाट फुसले छाएको कच्ची घर जलेर नष्ट

२०८१-१२-०५

  • A
  • A-
  • A+
Share

कपिलबस्तु, बुद्धभुमि नगरपालिका ७ नैहडिहवा  स्थित रहेको उर्मीला  देबि यादवको  १ तल्ले  फुसले छाएको कच्ची घरमा रहेको माटोको चुलोको आगोबाट  अचानक आगोलागी हुन जाँदा सोहि स्थानमा रहेका अन्य ६ वटा फुसले छाएको घर जली नष्ट भएको छ ।  उक्त आगलागी बाट जम्मा अन्दाजी रु १४,३१००० (चौध लाख एकतिस हजार) बराबरको क्षेती भएको देखिएको छ । आगो प्रहरी टोली र स्थानियको सहयोगमा पूर्ण नियन्त्रणमा आएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।