प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागी बाट फुसले छाएको कच्ची घर जलेर नष्ट

२०८१-१२-०५

  • A
  • A-
  • A+
Share

कपिलबस्तु, बुद्धभुमि नगरपालिका ७ नैहडिहवा  स्थित रहेको उर्मीला  देबि यादवको  १ तल्ले  फुसले छाएको कच्ची घरमा रहेको माटोको चुलोको आगोबाट  अचानक आगोलागी हुन जाँदा सोहि स्थानमा रहेका अन्य ६ वटा फुसले छाएको घर जली नष्ट भएको छ ।  उक्त आगलागी बाट जम्मा अन्दाजी रु १४,३१००० (चौध लाख एकतिस हजार) बराबरको क्षेती भएको देखिएको छ । आगो प्रहरी टोली र स्थानियको सहयोगमा पूर्ण नियन्त्रणमा आएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।