प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भ्यान सहित विभिन्न समान बरामद

२०८१-१२-०७

  • A
  • A-
  • A+
Share

बाँके नेपालगंज उप-महानगरपालिका १२ मुक्तिपुर स्थित भन्सार छलि गरी ल्याई अबैध रुपमा राखिएको मारुती सुजुकी भ्यान सहित विभिन्न सामानहरु फेलापारी बरामद गरिएको छ ।  जिल्ल प्रहरी कार्यालय बाँकेबाट खटिएका प्रहरी टोलीले सोही ठाउँ बस्ने वर्ष ४२ को पदम गिरिको  घरको  कोठाको गोदाममा शंका लागी चेकजाँच गर्ने क्रममा उक्त समान सहित उनलाई नियन्त्रण लिएको  हो । उक्त भ्यान सहित समानको जम्मा अन्दाजी मुल्य रु.६ लाख ५ हजार ७ सय ५ पाँच बाराबर रहेको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।