प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भ्यान सहित विभिन्न समान बरामद

२०८१-१२-०७

  • A
  • A-
  • A+
Share

बाँके नेपालगंज उप-महानगरपालिका १२ मुक्तिपुर स्थित भन्सार छलि गरी ल्याई अबैध रुपमा राखिएको मारुती सुजुकी भ्यान सहित विभिन्न सामानहरु फेलापारी बरामद गरिएको छ ।  जिल्ल प्रहरी कार्यालय बाँकेबाट खटिएका प्रहरी टोलीले सोही ठाउँ बस्ने वर्ष ४२ को पदम गिरिको  घरको  कोठाको गोदाममा शंका लागी चेकजाँच गर्ने क्रममा उक्त समान सहित उनलाई नियन्त्रण लिएको  हो । उक्त भ्यान सहित समानको जम्मा अन्दाजी मुल्य रु.६ लाख ५ हजार ७ सय ५ पाँच बाराबर रहेको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।