प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना १ जनाको मृत्यु १ जना घाईते

२०८१-१२-०९

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उपमहानगरपालिका-१६ गुर्जेखोला पुलस्थित सडकमा रा.२ प ६१६३ नम्बरको मोटरसाइकल र रा.८ प ३४१ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाँदा रा.८ प ३४१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय बिबेक सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रा.२ प ६१६३ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।