प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना १ जनाको मृत्यु १ जना घाईते

२०८१-१२-०९

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उपमहानगरपालिका-१६ गुर्जेखोला पुलस्थित सडकमा रा.२ प ६१६३ नम्बरको मोटरसाइकल र रा.८ प ३४१ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाँदा रा.८ प ३४१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय बिबेक सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रा.२ प ६१६३ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।