प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न समान बरामद

२०८१-१२-११

  • A
  • A-
  • A+
Share

रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर स्थित सडक किनारामा बेवारीसे अबस्थामा रहेको दाल ६ बोरा  चिनि २ बोरा लेडिज कुर्थि ३९९ पिस गरी अन्दाजी जम्मा मुल्य रु. २,०१,६००।–(दुई लाख एक हजार छ सय ) बराबरको सामान इलाका प्रहरी कार्यलय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रण लिएको छ । यस सम्बन्धमा  आबश्यक कारबाहीको लागी बेलहीया भन्सार कार्यालय पठाईएको हो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।