प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न धनमाल चोरी

२०८१-१२-११

  • A
  • A-
  • A+
Share

बाँके नेपालगंज उप-महानगरपालिका १९ मन्निपुर स्थित सोही ठाउँ बस्ने बर्ष ३३ को बिजय काँदुको अपरीचित ब्यक्तिहरुले घरको छतबाट चढेर घर भित्र पसि कोठा भित्र दराजमा रहेको सुन चाँदिको विभिन्न गरगहना, २ वटा मोबाईल फोन सहित नगद सोमबार दिउँसो चोरी भएको छ । उक्त गरगहना, मोबाईल र नगद (रु.३१ हजार) सहित जम्मा अन्दाजी मुल्य रु.५,३०,७२८।–(पाँच लाख तिस हजार सात सय अठ्ठाईस) बराबर रहेको छ । चोरी गर्ने ब्यक्ति फेला नपरेकोले प्रहरी बाट खोजी कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।