प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट घर जलेर नष्ट

२०८१-१२-१२

  • A
  • A-
  • A+
Share

रोल्पा, रुन्टिगढि गाउँपालिका वडा नं ६ धारापानी बस्ने लाल बहादुर बि.क.को दुई तले ४ कोठा भएको खरले छाएको घर र गोठमा सोमबार दिउँसो आगलागी हुदाँ घर पूर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगलागी बाट  मानविय चौपाय क्षति नभएको,घर पुर्ण रुपमा जलि नष्ट भएको,घरमा रहेको अन्नपात,भाँडा वर्तन,लत्ताकपडा र काठ गरी अन्दाजी (३,००,०००।-)तिन लाख बराबरको क्षति भएको देखिएको हो । आगलागी हुनुको कारण नखुलेकोले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।