प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट घर जलेर नष्ट

२०८१-१२-१२

  • A
  • A-
  • A+
Share

रोल्पा, रुन्टिगढि गाउँपालिका वडा नं ६ धारापानी बस्ने लाल बहादुर बि.क.को दुई तले ४ कोठा भएको खरले छाएको घर र गोठमा सोमबार दिउँसो आगलागी हुदाँ घर पूर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगलागी बाट  मानविय चौपाय क्षति नभएको,घर पुर्ण रुपमा जलि नष्ट भएको,घरमा रहेको अन्नपात,भाँडा वर्तन,लत्ताकपडा र काठ गरी अन्दाजी (३,००,०००।-)तिन लाख बराबरको क्षति भएको देखिएको हो । आगलागी हुनुको कारण नखुलेकोले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।