प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध गाँजा सहित भारतीय नागरिक जना पक्राउ

२०८१-१२-१२

  • A
  • A-
  • A+
Share

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १५ किलोग्राम सहित भारत रागवती हाउस कलिकेट केरला बस्ने ३४ वर्षीय रितेश कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । थाई एयर एशियाको उडानद्वारा थाइल्याण्डको बैङ्ककबाट नेपाल आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको एराइभल गेटनजिकैबाट नियन्त्रणमा लिइ तलासी गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।