प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित २ जना पक्राउ

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

बर्दिया,धुबन गरपालिका ढोढरी स्थित हुलाकी  सडक खण्डमा Tramadol hydrochloride capsule १ पत्ता १० गोलि coliban ६ पत्ता ५३ गोलि,  Nitcor २ पत्ता १७ गोलि Tramadol hydrochloride capsule पत्ता २४ गोलि लागु औषध सहित जिल्ला बर्दिया गेरुवा गाउँपालिका ६ बस्ने बर्ष अन्दाजी १८ को अबि पोखरेल र सोही बस्ने बर्ष अन्दाजी १८ को सफल सिग्देललाई प्रहरीले प्रकाउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरी, बर्दियाबाट खटिएको प्रहरी  टोलीले सवारि साधन चेकजाँच गर्ने क्रममा उक्त औषध सहित उनीहरुलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।