प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित २ जना पक्राउ

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

बर्दिया,धुबन गरपालिका ढोढरी स्थित हुलाकी  सडक खण्डमा Tramadol hydrochloride capsule १ पत्ता १० गोलि coliban ६ पत्ता ५३ गोलि,  Nitcor २ पत्ता १७ गोलि Tramadol hydrochloride capsule पत्ता २४ गोलि लागु औषध सहित जिल्ला बर्दिया गेरुवा गाउँपालिका ६ बस्ने बर्ष अन्दाजी १८ को अबि पोखरेल र सोही बस्ने बर्ष अन्दाजी १८ को सफल सिग्देललाई प्रहरीले प्रकाउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरी, बर्दियाबाट खटिएको प्रहरी  टोलीले सवारि साधन चेकजाँच गर्ने क्रममा उक्त औषध सहित उनीहरुलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०१-०९

   बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ४२ वर्षीय पुष्कर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, देवदह नगरपालिका-५ खैरेनीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४१ एम्पुल, फेनारगन ४१ एम्पुल र टेलजेसिक ४१ एम्पुल सहित कन्चन गाउँपालिका-५ रूद्रपुर बस्ने २४ वर्षीय यम बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।