प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट १० वटा कच्चि फुसको छानो भएको घर जलेर पूर्ण रुपमा नष्ट

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

बाँके, नरैनापुर गाउँपालिका ४ जैरामपुरवा बस्ने जुमै खाँ को फुसले छाएको एककोठे कच्चि घरबाट आगलागी शुरु भइ नजिकै रहेका १० वटा कच्चि (फुसको छानो भएको) १७ घर परिवारका व्यक्तिको घर जली नष्ट भएको छ ।  उक्त आगलागीबाट घर भित्र रहेको लत्ताकपडा,काठ,अन्नपात,भाडा वर्तन जलि नष्ट भई अन्दाजी ६०,००,०००।-(साठी लाख) बराबरको क्षेती भएको देखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । आगलागीको कारण नखुलेकोले प्रहरी टोलीबाट थप अनुसन्धान भईरहको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।