प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट १० वटा कच्चि फुसको छानो भएको घर जलेर पूर्ण रुपमा नष्ट

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

बाँके, नरैनापुर गाउँपालिका ४ जैरामपुरवा बस्ने जुमै खाँ को फुसले छाएको एककोठे कच्चि घरबाट आगलागी शुरु भइ नजिकै रहेका १० वटा कच्चि (फुसको छानो भएको) १७ घर परिवारका व्यक्तिको घर जली नष्ट भएको छ ।  उक्त आगलागीबाट घर भित्र रहेको लत्ताकपडा,काठ,अन्नपात,भाडा वर्तन जलि नष्ट भई अन्दाजी ६०,००,०००।-(साठी लाख) बराबरको क्षेती भएको देखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । आगलागीको कारण नखुलेकोले प्रहरी टोलीबाट थप अनुसन्धान भईरहको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।