प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध कुखुरा सहित गाडी नियन्त्रणमा

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

बर्दिया, राजापुरगरपालिका ४ शान्तिपुर स्थित गुलरियाबाट राजापुर तर्फ आदै गरेको ग २ च २६४९ नं को  बोलेरो जिपमा ५०० वटा  लेस कुखुरा र भे २ स ४४९९नं अटो रिक्शामा १८ वटा बोइलर कुखुरा अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको छ । उक्त बोलेरो गाडीको अन्दाजी  मुल्य रु,६,००,०००।–(छ लाख),५०० पिस लेस कुखुराको अन्दाजी मुल्य रु,१,००,०००।–(एक लाख) अटोको अन्दजी मुल्य रु, १,००,०००।–(एक लाख),१८ पिस बोइलर कुखुराको अन्दाजी मुल्य रु,९०००(नौ हजार) गरी जम्मा अन्दाजी मुल्य रु, ८,०९०००।–(आठ लाख नौ हजार) बराबर रहेको छ ।  सवारी साधन र कुखुराहरु आबश्यक कारर्बाहीको लागी भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।