प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध कुखुरा सहित गाडी नियन्त्रणमा

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

बर्दिया, राजापुरगरपालिका ४ शान्तिपुर स्थित गुलरियाबाट राजापुर तर्फ आदै गरेको ग २ च २६४९ नं को  बोलेरो जिपमा ५०० वटा  लेस कुखुरा र भे २ स ४४९९नं अटो रिक्शामा १८ वटा बोइलर कुखुरा अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको छ । उक्त बोलेरो गाडीको अन्दाजी  मुल्य रु,६,००,०००।–(छ लाख),५०० पिस लेस कुखुराको अन्दाजी मुल्य रु,१,००,०००।–(एक लाख) अटोको अन्दजी मुल्य रु, १,००,०००।–(एक लाख),१८ पिस बोइलर कुखुराको अन्दाजी मुल्य रु,९०००(नौ हजार) गरी जम्मा अन्दाजी मुल्य रु, ८,०९०००।–(आठ लाख नौ हजार) बराबर रहेको छ ।  सवारी साधन र कुखुराहरु आबश्यक कारर्बाहीको लागी भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।